मल नै नहाली धान रोप्दै म्याग्दीका किसान

म्याग्दी | असार ४, २०७९

मल नै नहाली धान रोप्दै म्याग्दीका किसान सांकेतिक तस्बिर


  म्याग्दी :       मनसुन चाँडै सुरु भएर वर्षा हुन थालेपछि हिमाली जिल्ला म्याग्दीको लेकाली क्षेत्रमा धान रोपाइँ सुरु भएको छ । जिल्लाका मालिका, मङ्गला, रघुगङ्गा, अन्नपूर्ण, धौलागिरि गाउँपालिकाका सबै ठाउँमा र बेनी नगरपालिकाका ज्यामरुककोट, गौश्वारा, बिमिराबोट, तमाने, भकिम्ली, पुलाचौर, घतानलगायत ठाउँमा यतिखेर धान रोपाइँ सुरु भएको हो ।

    

रासायनिक मल नपाएपछि मकै बालीमा पनि मल नहालेका यहाँका किसान धानखेतीका लागि नभई नहुने रासायनिक मल नपाइँदा विनामल खेत रोप्न बाध्य भएका हुन् ।“पानी परेर खेतका गरा भरिएका छन्, ब्याडमा बीउ बढेर घाँस बन्न थालेको छ, मल पाइन्छ कि भनेर केही दिन कुरेका हौँ”, अहिलेसम्म पनि मल नपाइएपछि विनामल नै रोपाइँ सुरु गरेका छौँ”, बेनी नगरपालिका–२ सानालेखका नारायण सापकोटाले भन्नुभयो ।

    

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाइँ सुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भए पनि यस वर्ष छिटो पानी परेकाले रोपाइँ सुरु गरिएको स्थानीय किसानको भनाइ छ ।पानीको समस्या नभएपछि विनामल नै किसानले रोपाइँ गरेका हुन् । कतिपय किसानले त धानको बीउ छोटो भए पनि रोपाइँ सुरु गरेका छन् । उनीहरुका अनुसार खेतमा हाल्ने मल छैन, काम गर्ने जनशक्ति पनि छैन, यस्तो अवस्थामा पनि धान रोप्नै प¥यो, मल नपाए यस वर्ष उत्पादन घट्ने चिन्तामा किसान छन् ।

  

 “समयमै पानी परेकाले रासायनिक मल पाइए यस वर्ष धानको उत्पादन बढ्ने थियो तर मलविना नै खेती गरेका छौँ, धानबाली पनि मकै बालीजस्तै हुने हो कि भन्ने चिन्ता छ”, पाखुका कृषक भविलाल घिमिरेले बताउनुभयो । 

  

 उहाँका अनुसार मकैबाली लगाएपछि एकपटक पनि रासायनिक मल नहाल्दा घोगा लाग्नै सकेको छैन, लागेको घोगामा पनि दाना पसेको छैन । त्यसैगरी रोपाइँका लागि कृषि मजदुरको पनि समस्या देखिएको किसानले बताएका छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाइँमा जुटेका छन् । रोपाइँमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानलाई सताएको छ । 

    

कृषि प्राविधिक जगत बानियाँले पछिल्लो समय खेतमा काम गर्ने जनशक्ति नहुँदा किसानलाई समस्या परेको बताउनुभयो । किसानले यस वर्ष धान रोपाइँ छिटो भएकामा खुसी भए पनि मल नपाउँदा भने दुःख लागेको भन्दै सरकारलाई जतिसक्दो छिटो मल उपलब्ध गराइदिन माग गरेका छन् ।

पोखरामा सम्पन्न दोस्रो संस्करणको स्व. बखतबहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगितामा आयोजक मेजर एफसी च्याम्पियन बनेको छ ।   पोखरा महानगरपालिका १३ स्थित खेलकुञ्जमा शनिबार भएको फाइनल खेलमा सव...

थप पढ्नुहोस्

बन्दीपुर ।     पहाडी रानीका रूपमा परिचित तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा शुक्रबारदेखि दुई दिने ‘गाउँ पर्यटन मेला’ सुरु भएको छ ।   गण्डकी प्रदेशका १० जिल्लाका ३० भन्दा ...

थप पढ्नुहोस्

पोखरा —    नेपालका पूर्व राजा ज्ञानेन्द्र शाह तथा पूर्व रानी कोमलराज्य लक्ष्मी देवी शाह परिवारसहित पोखराको बाराहीघाट स्थित ३१ पार्क होटलभित्र रहेको ‘छु मी चाइनीज रेस्टुरेन्ट’मा शुक्रब...

थप पढ्नुहोस्